बिज्ञान प्रबिधि

भर्खरै नेपालीलाई खुशी थपियो , कुलमानले गरे अर्को घोषणा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ‘इनर्जी बैकिंङ’ गर्ने योजना अघि सार्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा मौसममा पनि विद्युत आपूर्तिलाई सहज बनाउने गरी ‘इनर्जी बैकिंङ’ गर्ने योजना अघि सार्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

सो योजनामा वर्षात्मा सञ्चित हुने विद्युत भारतलाई निर्यात गर्ने र सुख्खा मौसममा भारतबाट आवश्यक विद्युत आयात गर्ने व्यवस्था हुनेछ । बिहिबार काठमाडौंमा आयोजित उर्जासम्बन्धि एक कार्यक्रममा बोल्दै उनले प्राधिकरणले अब देशभर लोडसेडिङ हुन नदिने व्यवस्था गरेको दाबी समेत गरे ।

आगामी १० वर्षभित्र मुलुकमा ५ हजार मेघावाट विद्युत माग हुने प्राधिकरणले प्रक्षेपण गरेको छ । कार्यकारी निर्देशक घिसिङले मागभन्दा ४० प्रतिशत बढि विद्युत उत्पादन हुनेगरी काम भइरहेको पनि स्पष्ट पारे । प्राधिकरणले आर्थिक बृद्धिदरको अनुपातमा विद्युत उत्पादन गर्दै लैजाने प्रतिबद्धता पनि जनाएको छ ।

Related Articles

Close