स्वास्थ्य/जीबन शैली

साइलेन्ट हर्ट-अट्याकले जो-कोहीलाई पनि मार्न सक्छ, यस्ता छन् ५ संकेत (यसरी बच्न सकिन्छ)

फागुन १३, काठमाडौँ | मृत्युका धेरै कारण छन् । केहीबेर अघिसम्म स्वस्थ भनिएको मानिस केहीबेर पछी अकास्मात मरेको खबर पाईन्छ भने कस्तो होला ? कुनै दुर्घटनाको कारण हुने मृत्युको कुरा फरक छ, तर आफ्नै स्वास्थ्य र आफ्नै सरिरको कुनै अंगले एक्कासि काम गर्न छाडेपछी हुने मृत्युलाई कसले रोक्न सक्ला ? यस्तै स्थिति हो हर्ट-अट्याक । त्यसमा पनि साइलेन्ट हर्ट-अट्याक खतरनाक छ ।

हर्ट-अट्याकका कारण मृत्यु हुनेहरु धेरै छन् तर पछिल्लो समय चर्चामा रहेका दुई हर्ट-अट्याकका घटनाले आम मानिसहरुमा ठूलो डर पैदा गरिदिएको छ । सनिबार मात्र भारतीय अभिनेत्री श्रीदेवीको साइलेन्ट हर्ट-अट्याकको कारण कसैले नसोचेको हर्ट-अट्याक भयो ।

जसको कारण उनले केहि क्षेणमै आफ्नो प्राण त्याग्नुपर्यो, त्यस्तै नेपालमै पनि केहि समय अघि चर्चित नेता तथा पुर्वप्रधानमन्त्री ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको हृदयघातकै कारण अकास्मात मृत्यु भयो । यी दुवै चर्चित घटनाले आम मानिसहरुमा हृदयघातबाट हुनसक्ने मृत्युको भय सृजना भएको छ ।

सनिबार श्रीदेवीको हर्ट-अट्याकको कारण मृत्यु भयो । उनको साइलेन्ट हर्ट-अट्याकको कारण मृत्यु भएको हो । यस्तो खाले हर्ट-अट्याक ४५% मा हुने गरेको छ । यस्तो हर्ट-अट्याक महिलामा भन्दा पुरुषमा बढी हुने गरेको छ । एसियन हर्ट-इन्स्टीट्यूट, मुम्बईका मेडिकल अफेयर्स तथा क्रिटिकल केयरका डाईरेक्टर डा. विजय डी. सिल्वाको अनुसार एकपटक पनि मुटुसम्बन्धि रोग नलागेकाहरुलाई पनि यस्तो हर्ट-अट्याक हुने सम्भावना हुन्छ ।

के हो साइलेन्ट हर्ट-अट्याक ?

साइलेन्ट हर्ट-अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन silent myocardial infarction (SMI) भनिन्छ । यस्तो हर्ट-अट्याक हुनु अघि छाती/मुटु दुखाईको महसुस हुँदैन, त्यसैले हर्ट-अट्याक हुँदैछ भन्ने थाहा हुँदैन । तर अरुनै लक्षणहरु भने थाहा पाउन सकिन्छ ।

किन यस्तो हर्ट-अट्याक हुन लाग्दा दुखाई थाहा नहुन पनि सक्छ ?

कयौंपटक दिमाग (ब्रेन) सम्म दुखाई महसुस गराउने नशा वा स्पाइनल कर्डमा समस्या हुने कारणले वा साइकोलोजिकल कारणले पनि यस्तो हर्ट-अट्याक हुँदा व्यक्तिलाई दुखाईको महसुस हुँदैन । यसको अलावा धेरै उमेर भएका तथा डाईबिटीज रोग भएकाहरुलाई अटोनमिक न्यूरोप्याथीको कारण पनि यस्तो दुखाई महसुस हुँदैन ।

साइलेन्ट हर्ट-अट्याकको ५ लक्षणहरु: १. ग्यास्ट्रिक समस्या, पेटमा खराबी हुनु.२. बिना कारण अल्छीपन वा कमजोरी महसुस हुनु.३. थोरै काम गर्दा पनि थकाई लाग्नु.४. अचानक चिसो पसीना आउनु, गला वा पाखुरा दुख्नु.५. पटक-पटक स्वास फुल्ने (स्वा-स्वा बढी हुनु), स्वास प्रस्वासमा समस्या हुनु

साइलेन्ट हर्ट-अट्याकका ५ कारणहरु: १. धेरै ओएली (तेल), चिल्ला पदार्थ र प्रोसेस्ड फूड सेवन गर्नु.२. सारीरिक कसरत नगर्नु वा काम नगरी दिन व्यतित गर्नु.३. रक्सि तथा धुम्रपान सेवन गर्नु.४. डाइभिटीज र मोटोपन हुनु.५. कामको चाप बढ्नु तथा तनाव बढी हुनु.

साइलेन्ट हर्ट-अट्याकबाट बच्ने ५ उपायहरु: – १. डाइटमा सलाद, तरकारीहरु ज्यादा सेवन गर्ने ।२. निरन्तर हिड्ने, सरिरलाई चलायमान बनाउने जस्ता काम गर्ने, सारीरिक व्यायाम गर्ने, योगहरु गर्ने ।३. धुम्रपान तथा मध्यपानबाट टाढा रहने ।४. खुसि रहने । तनाबमा नरहने ।

स्रोत :साझा सबाल

Related Articles

Close