राशिफल

पाइलटले टावर सङको कुरा नमान्दा यसरी खरानी भए …

काठमाडौं,२८ फागुन । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँ उडेको विमान त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवातारंको क्रममा रनवे भन्दा बाहिर अवतरण हुदा  करिब ५ सय मिटर बिमान पार्किङ्गमा पुगेर दुर्घटनाग्रस्त भएको थियो। ६७ यात्रु सहित ४ जना चालकदलका सदश्यसहित ७१ सवार विमान दुर्घटना हुदा अहिले सम्म ४६ जनाको ज्यान गएको छ ।

विमानमा ३३ जना नेपाली र अन्य बंगलादेशी नागरिक रहेको खुल्ला आएको छ। दुई जना नेपालीको सामान्य उपचार पछि घर पठाइएको छ भने अन्यको उपचार हुदै छ ।  ३३ मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

सिनामगल स्थित केएमसी अस्पतालमा लगीएको घाइते मध्ये ८ जनाको मृत्यु भएको छ ४ जना नेपाली र २ जना बंगलादेशी रहेको छन् ।  बाँकी २२ जनाको उपचार भइरहेको छ । ८ जनाकै शनाखत भएको छ ।अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।

Related Articles

Close