समाचार

बिमानस्थलको यति नजिक दुर्घटना हुदा पनि भयो यति ठुलो क्षती ? कमजोर बेबस्थापन ?

काठमाडौं, २९ फागुन । विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

उड्नुअघि फोन गरे मौसम कस्तो छ भनेर सोध्नुभएको थियो तर… (यात्रुका आफन्तको बयान)

काठमाडौँ, २८ फागुन । ‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो ।

ढाकाबाट काठमाडौँ उड्नुअघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७ः३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो ।

 

Related Articles

Close