बिचित्र संसार

नेपाली ज्वाँई बन्ने तयारीमा राहुल गान्धी ?

काठमाडौं, १९ भदौ । भारतीय विपक्षी दल कांग्रेस आईका राष्ट्रिय अध्यक्ष राहुल गान्धीले यसै साता नेपालमा २२ घन्टा बिताए । अति सामान्य शैलीमा नेपाल छिरेका उनले र्याडिशन होटलमा एक रात बिताएर तिब्बतमा रहेको कैलाश मान सरोवरको भ्रमणमा निस्किए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा चुनावी सभाका क्रममा केही महिना अघि आफु हिन्दु भएको प्रमाण दिनका लागि कैलाश मान सरोवरमा निस्कने उनले बताएका थिए । २०१९ को आम चुनावलाई लक्षित गरी अहिले भारतमा आफुलाई प्रभावकारी सिद्ध बनाउने तयारीमा छन्, राहुल ।

बिम्स्टेक सम्मेलन चलिरहेका बेला १५ भदौमा उनी नेपाल आएका थिए । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा नै थिए । राहुल कुन बाटो जान्छन् भन्ने जानकारीमा भारतीय मिडियालाई पनि जानकारी थिएन । अति सामान्य हिसाबले काठमाडौं उत्रिएका राहुलले त्यो २२ घन्टालाई ‘ट्रान्जिट डेट’ बनाएका थिए ।

चुनावी सभा र सम्मेलनका लागि देश दौडाहा रहेका बेला निस्किएको फुर्सदमा राहुलले नेपालमा प्रेमिका भनिएका सुम्निमा उदाससँग ‘डिनर’ गरेका थिए । म्यान्मारका लागि नेपाली राजदूत भिम उदासकी छोरी सुम्निमा भारतमा सीएनएन टेलिभिजनका लागि काम गर्दा राहुलसँग नजिक भएको चर्चा चलेको थियो ।

४० उकालो लागेका राहुल–सुम्निमा भेटका क्रममा उनी कांग्रेस आईका उपाध्यक्ष थिए । अहिले अध्यक्ष र २०१९ को प्रधानमन्त्रीका उम्मेदवार पनि हुन् ।

राहुल र सुम्निमाले भुटु फुड बुटिकमा डिनर गरेको भिम उदासले नै खुलासा गरेका थिए । उनले भने,‘छोरी र मैले राहुलसँग डिनर गरेका थियौं ।’ नेवारी मिट प्वार, दार्जिलिङ मम र बदेलको मासुसहितको डिनरलाई राहुलको ट्रान्जिट डेटका रूपमा पनि व्याख्या गरिएको छ ।

त्यसो त अविवाहीत राहुलका प्रेम सम्बन्ध र बिहेका बारेमा अन्य युवतीसँग पनि चर्चा नचलेका होइनन् । समाजवादी पार्टीकी सांसद समेत बनेकी डिम्पल यादवसँग राहुलको बिहेको चर्चा चलेको थियो ।

त्यसो त राहुलसँग जोडिने अन्य नाम पनि कम थिएनन् । कांग्रेस विधायक अदिति सिंहसँग पनि राहुलको बिहेको चर्चा चलेको थियो । यस्ता गसिपमा राहुल बारम्बार आउने गरेका छन् । नोवाल जहेरदेखि अन्य धेरै युवतीसँग उनको अफेयरको चर्चा मिडियामा ‘गसिप’का रूपमा आएको थियो ।

पछिल्लो समय काठमाडौंमा सुम्निमासँगको डिनरले राहुललाई नेपालको भावी ज्वाईँ मान्न सकिने या नसकिने भन्ने मत विभाजन चलिरहेको छ । सुम्निमा अहिले सीएनएनमा कार्यरत छैनन्, उनी नेपालमा बुद्ध धर्मको प्रबद्र्धनको काममा अभ्यस्त छिन् ।दैनिकनेपाल

Related Articles

Close