स्वास्थ्य/जीबन शैली

कण्डम निःशुल्क हुँदा प्याड किन भएन स्वास्थ्य मन्त्री ज्यू ?

सिर्जना बस्नेत–आज बिहानदेखि तल्लो पेट दुखिरहेको छ । चिसो महिना लागेदेखि नै महिनावारी हुनु एक हप्ता अगाडिदेखि ढाड दुख्ने व्यथा बोनसमा पाएको छु ।

सँधै जस्तै यो महिना पनि कहिले महिनावारी हुने हो केही पत्तो छैन । महिनै पिच्छे तालिका बदलिन्छ । कहिले महिनाको सुरुमै त कहिले महिनाको अन्त्यमा। निश्चित समयमै महिनावारी नहुने यो समस्याले गर्दा पुर्व योजना अनुसार केही तयारी गर्न पाउँदिन ।

अनि खुबै ढाड दुखेको छ । ब्यागमा प्याड बोक्नै भुलेछु । कार्यालयमा साथी भएको बेला त साथीलाई भनेर बेलैमा कोठा निस्कन नि पाइन्छ । साथी बिदामा भएको बेला एक्लै कार्यालयमा हुँदा धेरै पटक मलाई आपत आइलागेको छ ।

कार्यालय बन्द गर्न पनि नमिल्ने योनिबाट बगेको रगत रोक्न सकिने त कुरै भएन । आज मैले त्यही आपतको सामना गर्नु पर्ने निश्चित भएको छ । सहकर्मी साथी पुरुष हुन् । साह्रै गाह्रो भए मोटरसाइलमा राखेर घरसम्म पुर्याइदिन्छन् । तर प्याड भने किनेर ल्याइदिन उनको पुरुषत्वले कहिल्यै दिँदैन ।

बिहान दस नबज्दै कार्यालयको ढोका अगाडि हतारिएका सेवाग्राही उभिएका थिए । उनीहरुको काम गर्दै गर्दा मेरो तल्लो पेटको दुखाइ पाठेघरबाट बढेर आन्द्रा भूँडी नै गिजोल्न थालिसके झैं भइसक्यो ।

प्याड साथमा नभएकोले मलाई दुखाइको पीडा भन्दा बढी बगेको रगत कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्ता थियो । कार्यालयमा एक्लै अनि सेवाग्राहीको भीड। न नजिकै प्याड पाइने पसल ।

दुखाइलाई बेवास्ता गर्दै सेवाग्राहीको काममा ध्यान लगाएँ । सेवाग्राहीको काम गर्दै गर्दा जति पटक कलम चलाएँ यस्तो लाग्यो मैले कलमको मसि कम र बगेको रगतले बढी लेखि रहेको छु ।

Related Articles

Close