अन्तरास्ट्रिय समाचार

पक्राउ परेका पाइलटका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र

काठमाडौं। पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्दैछ । हिजो पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीको घोषणा लगत्ते पाकिस्तानी सेनाले पाइलट अभिनन्दनका छोरालाई सम्बोधन गर्दै एक पत्र लेखेको छ । यो पत्र अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आम्र्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरिएको छ । 

पत्रमा लेखिएको छ – ‘हाइ लिटिल बन्नी ! बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू । उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ? उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ? उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ ? उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ ? घृणा कि माया ? उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ ? म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनू । 

मानवता प्रेमी ।

हेर्नुहोस् पाकिस्तानी सेनाले फेसबुकमा गरेको पोस्ट जस्ताको तस्तै – 

Hi little bunny!! Congrats you are going to hug your Dad very soon .We are sending him back to you as a gift no matter if he came to bomb many like you .Bunny listen ! i have a request to you .when he will rush and hug you tight, kindly ask him few questions on my behalf .Ask him : Dad dont kashmiri kids like me have any right to live happily with their Dads ? .Ask Him what if they have left you on the mercy of violent Mob ?.Ask Him what wars and hatred cost ?.Ask him whats is more powerful ? Hate of love ?.Ask Him what is more beautiful life or Death ?.I will be awaiting the answers of these questions .Stay happy little bunny ,I wish you to visit us one day with your dad taking flowers in hands rather than missiles and bombs .Han one thing more ,I promise you we will not let anybody snatch your smile and use our land for destruction.Stay happy with your Dad.

Humanity lover ,

Related Articles

Close