अन्तरास्ट्रिय समाचार

चालक निदाएपछि बस पल्टियो : आठ जनाको मृत्यु, ३६ जना घाइते

तेहरान – इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् । ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।

Related Articles

Close