अन्तरास्ट्रिय समाचार

दुःखद खबर : हेलिकोप्टर दुर्घटनामा ४ जना पर्यटकको मृत्यु !

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ । केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

दुर्घटनामा परेको हेलिकप्टरका पाइलट, म्यारियो म्यागोन्गा एकदमै अनुभवी भएको स्थानीय मिडियाले बताएका छन् । उनी देशका उप राष्ट्रपति विलियम रुटोलाई समेत बोकेर हेलिकप्टर उडाउने भीआईपी पाइलट थिए । उनले योभन्दा पहिला केन्याको डिफेन्स फाेर्समा पाइलटको रुपमा समेत काम गरिसकेका थिए । तर सन् २०१७ देखि भने उनी निजी हेलिकप्टर सेवाप्रदायक कम्पनी केआईडीएलका लागि काम गर्थे ।

केन्याको एक टीभी च्यानलसँग बोल्दै अनयोन्काले उनी पैसाले किन्न नसकिने खालका एकदमै अनुभवी र गुनी पाइलट भएको बताएका छन् । केन्यामा जहाज दुर्घटना भएको तीन हप्तापछि फेरि यो हेलिकप्टर दुर्घटना भएको हो ।

Related Articles

Close