भिडियो

सीके राउतको स्वागतमा गुञ्जियो ‘फ्रि मधेस’ को नारा, प्रहरी मूकदर्शक बने (भिडियो)

सरकारसंगको ११ बुँदे सहमति पहिलो पटक स्वतन्त्र मधेश गठबन्धनका प्रमुख सीके राउत सोमवार जनकपुर पुगेका छन । सरकारसंगको सहमति पछि मधेसको बारेमा जनमत संग्रह गर्ने बाटो खुल्यो भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका राउत जनकपुर विमानस्थलबाट बाहिरिदा भने मौन एवं गुपचुप नै रहे ।

तर उनका कार्यकर्ताहरुले भने उनलाई ‘फ्री मधेस’ लेखिएको प्लेकार्ड बोकेर स्वागत गरेका थिए ।विमानस्थलमा राउतलाई स्वागत गर्न पुगेका उनका कार्यकर्ताले भने नेपालको संविधानको भावना विपरीत ‘फ्री मधेस’ लेखेको व्यानर र प्ले कार्डहरु हातमा बोकेर विभिन्न नारा लगाएका थिए ।

नेपाल सरकारसंग दुइ दिनअघि भएको ११ बुँदे सम्झौताको विपरित जनकपुर विमानस्थलमा देश विरोधी नारा र गीतहरु गुञ्जिएको थियो । तर स्थानीय प्रशाशन र प्रहरी मूकदर्शक बनेका थिए ।

विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड आएका छन् ।स्वतन्त्र मधेश गठबन्धनका सिरहाका समर्थक दिपेन्द्र कुमार यादवले भने, ‘सीके राउत ज्यू आउँदा भीडभाड नहोस्, अनावश्यक प्रश्न नगरियोस्, सुरक्षा व्यवस्थापन होस् र अप्ठ्यारो नहोस् भनेर सुरक्षा गार्ड खटाइएको छ ।’ उनका अनुसार भीडभाड धेरै हुने ठाउँमा व्यवस्थापन गर्न समस्या समेत हुने गरेको छ ।

सुरक्षा गार्डहरूले प्रहरी जस्तै बुलेट प्रूफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठ बन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएको देखि एको छ । सुरक्षा गार्ड पहिलेदेखि तालिम प्राप्त रहेको नाम नबताउने शर्तमा एक सुरक्षा गार्डले बताए ।

बिभिन्न गीत घन्काउदै सिरहा, सप्तरी, महोत्तरी र धनुषावाट आएका नेता कार्यकर्ताहरु ट्याक्टर, जीप र मोटर साईकलमा जनकपुर नगरको परिक्रमा गरेका थिए । २ सय मोटरसाइकल, तीन दर्जन बढ़ी जीप र डीजे सहितको केहि ट्याक्टरले स्थानीयवासीको ध्यान आफूतर्फ तान्न भने सफल भएका थिए ।

Related Articles

Close