भिडियो

सरकारी स्कुलमा छड्के | तलब सरकारको काम पार्टीको ? योग्यता नपुगेका शिक्षक ! लाखौ अनियमितता

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले यस हप्ता एउटा सरकारी बिद्यालयको भण्डाफोर गरेको छ ।

निति नियमको धज्जी उडाउदै बिद्यालयमा सरकारी तलब भत्ता खाने स्थायी शिक्षक नै राजनितिक दलको नेता भएको पाइएको छ । अर्को तर्फ शैक्षिक योग्यता नै नपुगेका शिक्षकले पढाइरहेको पनि भेटीएको छ । यति मात्र होइन बिद्यालयमा भएको लाखौको आर्थिक अनियमितता समेत कार्यक्रममा प्रस्तुत गरीएको छ ।

पोखरा १४ मा रहेको शुक्रराज बलभद्र माबिमा प्रधानाध्यापक र पुर्व प्रधानाध्यापकको बिच आर्थिक अनियमितताको बिषयलाई लिएर पानी बाराबारको स्थीति छ । यति सम्मकी उनीहरु बिच बिद्यालय भित्रै हात हालाहाल समेत भयो ।

पुरा कार्यक्रम तलको भिडियोमा हेर्नुहोस् –

Related Articles

Close