भिडियो

होली खेल्ने युवाहरु बीच यसरि भयो हानाहान (भिडियो)

काठमाडौँ। बनेपामा होली खेल्ने क्रममा दुई समुहबीच हानाहान भएको छ। युवाहरुबीच हानाहानहुँदा २ जना घाईते भएका छन् । उक्त हानाहानमा संलग्न केही युवा हरुलाई भने इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ। होली खेल्ने क्रममा झगडा भएको भएपनि खास कारण के थियो भन्ने पुष्टी भएको छैन। एक अर्कामा सव्य रुपमा रङ दलेर मनाईने होली पर्व पछिल्लो समय बिकृती मौलाउँदै गएको छ।

पछिल्लो समय जवरजस्ती लोला हान्ने, विषाक्त रङ लगाउने, हो हल्ला गर्दै हिँड्ने जस्ता विकृती होलीको संस्कृती जस्तो देखिन थालेको छ। यस पर्वका उपलक्ष्यमा आज भोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डा गर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। बनेपामा होली खेल्ने युवाहरुबीच हानाहान भएको भिडियो यहाँ लिंकमा छ

Related Articles

Close