भिडियो

कुलमान घिसिङ्ग अमेरिका ”लोडसेडिंग ९ महिना भित्र ९ अर्ब घाटा बाट डेड अर्ब नाफा” (भिडियो)

विजय थापा, अमेरिका। अमेरिकाको भ्रमणमा रहनु भएका नेपाल बिध्युय प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गलाई अमेरिकाको वाशिंगटन डिसीमा नेपाली समुदायले स्वागत गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनले आयोजना गरेको कार्यक्रममा घिसिङ्गलाई स्वागत गरिएको हो ।

घिसिङ्गलाई आयोजक तथा सहभागीहरुले खादा तथा मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात परिचयबाट गरिएको थियो भने घिसिङ्गले आफु पेशाले अभियन्ता भएको र प्राधिकरण कै कर्मचारी रहेको भनि छोटो परिचय दिएका थिए ।

घिसिङ्गले सन् २०१० मा डिसी आएको भन्दै यस पटक आफ्नो दोश्रो भ्रमण रहेको बताएका थिए । उनि बिश्व बैंकमा भाग लिन एको बताए । उनले बिगतमा अमेरिका विभिन्न राज्यबाट निम्तो आउने तर आफु समय अभावको कारणले भ्याईउदिन थे भने ।

उनलाई सहभागीहरुले ईमान्दारिता ,कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीहरुले गौरवको महसुस गरेका छन् र यस्तै रही रहोस भनि शुभकामना दिएका थिए । नेपाललाई उज्यालो बनाई दिनु भएकोमा धन्यबाद दिएका थिए । कार्यक्रम संचालन समाजका अध्यक्ष उत्तर लामाले गरेका थिए ।

Related Articles

Close