समाचार

कार्यालय सहयोगी वडा कार्यालय खोल्न जाँदा देखिन् यस्तो, को हो बारम्बार यस्तो गर्ने ? (भिडियो)

पोखरामा पछिल्लो समय वडा कार्यालयहरुमा चोरको बिगबिगी छ । पोखराका धेरै वडाहरु चोरीएपछि पनि अझै बाँकी रहेका वडाहरुले साबधानी नअपनाउदा अर्को दुर्गती भोग्नु परेको छ । बिहान करिब ९ः४० मा कार्यालय सहयोगीले पोखरा महानगरपालिका वडा नं. १६ को कार्यालयको गेट खोलिन् ।

कार्यालय भित्र रहको पहिलो कोठाको चाबी खुल्लै थियो । भित्र हेर्दा कागजात तथा कलमहरु टेबलमा छरपष्ट थिए । उनले सोचिन् शुक्रबारको कार्यक्रममा प्रयोग भएका कागजपत्र तथा कलमहरु मिलाउन भ्याएनन् त्यतीकै छोडिदिएछन् । पछि उनी वडाध्यक्षको कक्षको ढोका खोल्दा सातो गयो ।

झ्यालको ग्रिल खोलेर सोफामा राखिएको रहेछ, सोफामा जुत्ताका डाम थिए उनी आत्तिएर अर्को कर्मचारी यएबहादुर बस्नेतको घर गईन् र तत्काल वडाध्यक्ष जिवनप्रसाद आचार्यसंग सम्पर्क गरि वडा कार्यालय चोरी भएको प्रहरी समक्ष रिपोर्ट पुग्यो । हेर्नुहोस् भिडियो कसरी वडा कार्यालय चोरीएछ…

Related Articles

Close