समाचार

स्कुल बसले किचेर शिक्षिकाको मृत्यु

काठमाडौँ : वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका-१९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।अलौं माविमा अध्यापन गराऊँदै आएकी उनी सवार मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिएपछि बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।उनका अनुसार बसको पछाडिको भागले किचेर गम्भीर घाइते भएकी चौरसियाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालक उनकै छोरा साहिल चौरसिया भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए।महिलालाई ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

अर्को खबर – बाँकेको नेपालगञ्जमा करिब ६ महिनाअघि प्रेमविवाह गरेकी एक युवतीको रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ भृकुटीनगर निवासी स्वस्तिका लिम्बु आइतबार घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको पतिले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप

लगाएको छ । लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको पतिमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । उनको हत्या भएको भन्दै माइती पक्षले कारबाहीका जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण जिल्ला प्रहरीमा तनाव भएको थियो ।माइती पक्षले पतिले नै लिम्बुको हत्या गरेको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका थिए । पतिले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको मृतकको आमाले बताइन् । नयाँ वर्षको दिन बिहान छोरीले माइत आउँछु भनेको भन्दै उनकी आमाले मध्याह्न १२ बजे पतिले आउन नदिएको फोनबाट जानकारी गराएको बताइन् । लगत्तै छोरीको मोबाइल स्विचअफ भएको उनले जानकारी दिइन् ।आफूहरू दिउँसो तीन बजे खबर पाएको भन्दै मृतक लिम्बुका फुफाजु दीपक भण्डारीले गएर हेर्दा छोरी झुन्डिएको अवस्थामा भेटिएको बताए

Related Articles

Close