समाचार

चौधरी ग्रुपको उद्योगमा अज्ञात समुहद्वारा शक्तिशाली बम विस्फोट

चौधरी ग्रुपको उद्योगमा अज्ञात समुहद्वारा शक्तिशाली बम विस्फोट

नवलपरासी। अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन ।

बोतलमा सामान्य वारुद राखेको अवस्थामा विस्फोटक पदार्थ विस्फोट भएको हो । उद्योग अगाडी गार्ड रहने गेड भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको डिएसपी रमेश थापाले बताउनुभयाे । विस्फोटबाट केहि क्षति भने भएको छैन ।

(थप विवरण आउन बाँकी )

Related Articles

Close