समाचार

विप्लवको भोली घोषित नेपाल बन्दलाई लिएर गृहमन्त्री थापाले दिए सबै झस्किने अभिव्यक्ति

काठमाडौ । नेपाल सरकारले अपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै विप्लव समुहमाथि प्रतिवन्ध लगाएको छ । सरकारले प्रतिवन्ध लगाएर कारबाही तिव्र बनाएपछि विप्लव समुहले भोली देखि नेपाल बन्द गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमलाई विथोल्नेसम्मका कार्यक्रम तय भएको जनाइएको छ ।

यो बिचमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्य र संविधानविरोधी गतिविधि गर्ने विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न गरिरहेको जनाउँनु भएको छ । उहाँले विप्लव समूहलाई यसअघि पनि राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न गरिएको भन्दै अहिले पनि उक्त कार्य जारी भइरहेको जनाउँनु भएको छ ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कानुनविपरीत गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यविरुद्धका गतिविधि पहिले गर्दा सीके राउतलाई पनि पक्राउ गरिएको थियो ।

अहिले राज्यविरुद्धका ध्वंसात्मक गतिविधि गरिएकाले विप्लवका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको हो ।’ देशको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि प्रदेशभरिका जिल्लाका सुरक्षा निकायहरुसँगको यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

Related Articles

Close