त्रिभुवन विमानस्थल मा झोला चेक गर्दा झस्कियो प्रहरी

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहि एक जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पठाइएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *