तार्केश्वरमा वियरको बोतलले हानेर एकको हत्या, २ घाइते

काठमाडौँ : काठमाडौंको तार्केश्वरमा मादक पदार्थ सेवन गरी एकजनाको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरेपछि भएको समान्य विवादले उग्र रुप लिँदा वियरको बोतल प्रहार गरेर सोही स्थान बस्ने २१ वर्षीय सागर विसीको हत्या आरोपमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल तार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वियरको बोतलले लागेर गम्भीर घाइते भएका विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।साथै भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *