बजेटको विपक्षमा सांसदलाई तार्किक बहस गर्न कांग्रेसको निर्देशन (भिडियोसहित)

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखीमात्रै भएको आरोप लगाएको छ । सिंहदरबारमा बिहीबार बसेको काँग्रेस संसदीय दल बैठकले बजेटले सबै क्षेत्रलाई हतोत्साही बनाउने भन्दै उत्पादनमा जोड नदिएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने ठहर गरेको हो ।

त्यस्तै बैठकले बजेटले सङ्घीयतालाई आत्मसाथ गर्न नसकेको ठहर गरेको छ । बजेट जनमैत्री आउन नसकेको, विकास निर्माणको कामलाई प्राथमिकतामा नराखिएको, कार्यान्वयन हुने ‘ग्यारेन्टी’ नदेखिएको आरोप काँग्रेसको छ । बैठकले बजेटलाई स्रोत विहीन भएको टिप्पणी गर्दे यसबारे संसद्मा तार्किक बहस गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने भन्दै वितरणमुखी मात्रै भएको बताए । त्यस्तै काँग्रेस नेता मिनेन्द्र रिजालले बजेटमार्फत सरकारले लिएको लक्ष्य सरकारले हासिल गर्नै नसक्ने बताएका छन् ।

बैठकमा काँग्रेसका पूर्व अर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू तथा अर्थविद्हरूलाई समेत बोलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *