समाचार

यस्तो थियो अमर लामा समातेर ओलीलाई समाप्त गर्ने गृहमन्त्री थापाको योजना

हरेक वर्ष जेठ असारमा मदन भण्डारीको विषयमा चर्चा हुन्छ र मदन भण्डारीसँगै नकारात्मक पात्रको रुपमा भण्डारीकाचालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ । मदन भण्डारीको भजनगान गर्नेहरु सरकारको नेतृत्वमा रहँदा रहँदै पनि छानविन तथा अनुसन्धन नगर्नु झनै रहस्यमय देखिन्छ । देशको लागि मदन भण्डारीको आवश्यकता थियो भने उनको ‘हत्या’का प्रत्यक्षदर्शी हुनुको कारण घटनाको सत्य तथ्य पत्ता लगाउन अमर लामा जीवित रहन आवश्यक थियो । उनी मारिनु हुँदैनथ्यो तर मारिए । मदन भण्डराी हत्याकाण्डको प्रमाण नष्ट गर्न र अपराधीको बचाउको लागि अमर लामा मारिएको हुनसक्ने आशंका धेरैले गरेका छन् । प्रचण्ड–बाबुरामको पछिल्लो अवस्था र १२ बुँदेपछि झन आशंका बढेको छ । अमर लामा हत्याको विषयमा मलाई धेरै कुरा थाहा छैन तर यो समाजमा काठमाडौंमा कार्यरत रहेको कारण जानकारीमा आएका विषय पाठकलाई पस्कनु सान्दर्भिक हुनसक्छ ।

२०४६ सालको जनआन्दोलनपछि काँग्रेसको शासन चलिहरेको थियो । काँग्रेससँग वर्ग संघर्ष चलिरहेको थियो । ततकालिन एमालेसँग वर्ग संघर्ष र वैचारिक संघर्ष दुवै जारी थियो । एमालेसँगको संघर्ष कठिन भएको थियो । काँग्रेसको ठूलो पार्टी, प्रहरी, गुप्तचर सञ्जाल र उच्च मनोबल भए पनि लड्न र बुझ्न कठिन थिएन । तर एमालेले कम्युनिष्ट शब्द र नारा लगाउने हुँदा लडाई कठिन थियो । एमालेलाई समाप्त नगरी जनयुद्ध स्थापित गर्न सकिन्न भन्ने बुझाई थियो । त्यसबेला गृहमन्त्री थापा ‘विशेष केन्द्रीय कमाण्ड’ का इञ्चार्ज थिए । जसमा त्रिशुली सुनकोशीबीच (नेवा र तामसालिङ) का भूभाग थिए ।

कुनै बैठकमा हो एक दिन बादलले ‘सुनारको सय चोट, लोहारको एक चोट’ भनेझैं हुन्छ, अमर लामालाई भण्डारीको हत्याको सबै थाहा छ । त्यसलाई समातेर आधार इलाकामा पु¥याउनु प¥यो । त्यसपछि सबै तथ्य सार्वजनिक गरिदिएपछि ओलीसहित सबै समाप्त हुन्छन्’ भनेका थिए । त्यसको जिम्मा उपत्यकाको एसटीएफ (विशेष कार्यदल) लाई दिइएको थियो । उसको विषयमा अनुसन्धान शुरु भयो । जनमुक्ति सेना कीर्तिपुर केन्द्रीत भयो । यो समाचार जनआस्थामा प्रकाशित छ ।

Related Articles

Back to top button
Close