समाचार

प्रधानमन्त्रीद्वारा गम्भीर कदम चाल्दै !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र आफु निकट स्थायी कमिटीका सदस्यहरुसँग गम्भीर कदम चाल्ने संकेत गरेका छन् ।
बुधवार विहान ओलीले मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । बालुवाटारको छलफलमा देश र पार्टी गम्भीर अबस्थामा पुगेको भन्दै गम्भीर कदम चाल्ने बताए ।

‘अहिले देश र पार्टी दुवै संकटमा छन् । यो संकटबाट निस्किन गम्भीर कदम चाल्दैछु, तपाईहरुलाई यो कुरा जानकारी गराउ भनेर बोलाएको हुँ’ बैठकमा ओलीले भने स्थायी कमिटीमा मेरोबिरुद्ध घेराबन्दी शूरु भएको छ । राष्ट्रियता र मेरा पक्षमा तपाईहरुले बोलिदिनु पर्यो ।’

नेकपा स्थायी कमिटीको बैठकमा मंगलवार १२ जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । नेकपाका पाँच सचिवालय सदस्यदेखि स्थायी कमिटीका सदस्यहरुले राजीनामा मागेपछि ओली संकटमा परेका छन् । आफु संकटमा परेका बेला सहयोग गर्न मन्त्री र स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले गम्भीर कदम चाल्छु भनेपनि त्यो गम्भीर कदम के हो त्यो भने खुलाएनन् । आफ्ना पक्षमा बोलिदिन मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई आग्रह गरे ।

तनावमय अवस्थामा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य रहनु भएकी ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न संसद बैठकमा जानु पर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आज ५ स्थायी कमिटी सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

Related Articles

Back to top button
Close