समाचार

सिन्धुपाल्चोकमा बाढीले वितण्डा मच्चाएका बेला जल तथा मौसम विज्ञान विभागले दियो गम्भीर सुचना

बढ्दो वर्षासँगै बाढी/पहिरोबाट देशमा ठूलो मात्रामा जनधनको क्षति गर्न थालिसकेको छ ।बुधबार राति मात्रै सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षासँगै स्थानीय खोलामा उर्लिएको बाढीले बाह्रबिसेका विभिन्न वडामा गरी ३३ घर बगाएको छ भने दुई जनाको मृत्यु भएको छ । साथै बाढीले बगाएर बेपत्ता बनाएको २० जना अझै फेला परेका छैनन् ।  

जल तथा मौसम विज्ञान विभागले पनि आजदेखि चार दिन अर्थात् आइतबारसम्म देशभर वर्षा व्यापक हुने अनुमान गरेको छ । र, त्यहीबमोजिम विपदबाट बच्न तयारीमा जुट्न मौसमविद्ले आग्रह गरिरहेका छन् । 

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि असार २५ गते अर्थात् आजदेखि देशभरका नदीनालामा जलस्तर बढ्ने तथा २६ देखि २९ गतेसम्म ठूलो बाढी आउने सम्भावना रहेको यसअघि नै जानकारी दिइसकेको छ ।  

यसै क्रममा आज बिहीबार पनि विभिन्न जिल्लाका खोला/नदीमा बाढी बढिरहेको भन्दै आसपासका बासिन्दालाई सतर्क रहन अलर्ट (सूचना) जारी गरेको छ ।  

असार २५ विहान १० बजे कास्कीको पोखरा,लुम्ले लगायत धेरै स्थान,लमजुङ,पर्वत,बागलुङ र आसपास भारी बर्षा मापन र थप बर्षा हुने संभावना, विहान ९ बजे देखि ६ घण्टा उक्त स्थानका साना खोलामा आकस्मिक बहाव (Flash Flood) हुन सक्ने,साना नदीतटिय क्षेत्रमा सतर्कता अपनाऔ

असार २५,१२ बजे संलग्न चित्र १ र २ को रातो पहेँलो भागले साना नदीमा आगामी २४ र ३६ घण्टा भित्र आकस्मिक बहावको जोखिम रहेका स्थानलाई संकेत गर्दछ #ईलाम, झापा,मोरङ,सुनसरी,उदयपुर, सप्तरीका साना खोलामा ३६ घण्टा सम्म बाढीको जोखिम पहाडी भागमा आकस्मिक बहावको साथै पहिरोको जोखिम

Related Articles

Back to top button
Close