समाचार

भारतीय च्यानल बन्दपछि नेपाली र नेपाल माथी अस्लिल गाली गर्ने भरतपुर अस्पतालका डा पक्राउ

चितवन, २७ असार । भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सकले नेपालमा भारतीय च्यानल बन्द भएको बिषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ ।

अस्पतालको मेडिसिन विभागमा कार्यरत डाक्टर ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको छ । सार्वजनिक उक्त भिडियोमा डा. तिवारीले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा भारतले सीमा बन्द गरिदिए ‘ ….खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ? भन्दै अश्लील शब्द प्रयोग गरेको पाईएको छ । सरकारी अस्प्तालको चिकित्सकले यसरी दिएको अभिव्यक्ति दिएको बारे सोधपुछका लागि चितवन प्रहरीले उनलाई कार्यालय बोलाएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुससार अहिले डा। तिवारी माथि सोधपुछका काम भईरहेको छ । ५३ सेकेण्डको उक्त भिडियो क्लिप म्यासेनजरबाट बाहिर गएको जस्तो देखिने प्रहरीको भनाइ छ । उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा पनि चल्न सक्ने वा नसक्ने भन्ने बिषयमा केहि भन्न नसकिने प्रहरीको भनाइ छ। डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए ।

भरतपुर अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि उनको यो हर्कत चिकित्साजगतको मर्यादा र देशप्रेम भन्दा फरक भएकाले कारवाही गरिनु पर्ने मनशाय व्यक्त गरेका छन् । यसैबीच उनले आफ्नो फेसबुकमा एक स्ट्याट्स पोष्ट गर्दै आफुले राखेको भिडियोप्रति माफी मागेका छन् ।

Related Articles

Back to top button
Close