भिडियो

ब्रेकिङ्ग : महरामाथि ब लात्कारको आरोप लगाउने महिलाले आज बोली फेरिन : उहाँ मेरो बुबा समान व्यक्ति हो,रिसको झोकमा आरोप लगाए,ममाथि कुनै दुर्व्यवहार भएको छैन,हेर्नुहोस सनसनीपूर्ण अन्तर्वार्ता (भिडियोसहित)

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि ब ला त्का र जस्तो जघन्य अ पराधको आरोप लगाउने संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले आज बोलि फेरेकी छिन् । उनले सभामुख महराले आफूमाथि कुनै पनि यौ न दु र्व्यवहार नगरेको बताएकी छिन् ।

आफ्नो बुबा समान महरा सरलाई रिसको आवेगमा आएर यस्तो आरोप लगाएको र यसमा कुनै पनि सत्यता नभएको बताएकी छिन् ।

नागरिकखबर डटकमलाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्,‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला, मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बं गाएर लेखिदिएछन् ।’ उनले आफूले बिगत आठ बर्ष देखि डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले हुदै नभएको आरोप लगाएको बताएकी छिन् । आमाको निधनपछि डि प्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनिन् ।

नागरिकखबरमा अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्प ष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

Related Articles

Close