समाचार

यी हुन बषौदेखी १६ बर्षिय कि,शोरी लाई बला,त्कार गर्ने वडा अध्यक्ष

कालिकोट : १६ वर्षीया किशोरीलाई बला,त्कार गरेको आरोप लागेका वडा अध्यक्ष प,क्राउ परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति प,क्राउ गरेको हो ।

वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बला,त्कार गर्दै आएको भनी प्र,हरीमा उजु,री परेको थियो । साही उ,जुरीका आधारमा शाहीलाई प,क्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार वडा अध्यक्ष शाहीविरु,द्ध जबरजस्ती कर,णी मु,द्दा दर्ता भएको छ । पी,डित किशोरीको जाहेरी र बयानका आधारमा मु,द्धा दर्ता गरी थप अनु,सन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराजज जोसीले बला,त्कार आरोपित वडा अध्यक्षलाई मंगलबार राति ९ बजेतिर बजारबाटै प,क्राउ गरिएको बताए । जोसीका अनुसार वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् ।
सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनै,तिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीसँग २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भएको थियो ।

पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने विद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार विद्यार्थी थिइन् । उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाइ बने । तीन वर्षदेखि बला,त्कृत भएको बताउने किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैँले दाइजस्तै माने । एक दिन विद्यालयबाट घर फर्किँदै गर्दा आफूलाई कोल हालेर घरभित्र लगेर बला,त्कार गरे ।’

उनले भनिन्, ‘वद्यिालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाइले बहिनीलाई त्यस्तो व्य,वहार गर्ला भन्ने कल्पना नै थिएन् । बाहिर भनेपछि मारि,दिने ध,म्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’

त्यसपछि उनले मलाई पटक–पटक बला,त्कार गरे । मैले डरले कसैलाई पनि भनिन् । यही असारमा गाँउकी एक जना साथीले आफूलाई बोलाउन घर आइन् । म बिरामी परेर सुतेकी थिएँ । वडा अध्यक्ष घरमा आएर पुनः बलात्कार गर्दै थिए । ती साथीले सबै देखिन् । उनलाई पनि वडा अध्यक्षले कतै केही नभन्न धम्की दिएर भागेको पीडित किशोरीले बताएकी छिन् ।

त्यो साथीले पछि गाँउमा अरुलाई साथीहरुलाई भनिदिको गाँउमा अरुले पनि थाहापछि परिवारलाई सबै कुरा भनेको किशोरीको भनाइ छ ।अन्नपूर्ण पोस्टमा खबर छ ।

Related Articles

Back to top button
Close