समाचार

प्रधानमन्त्री केपि ओलिको यो प्रस्ताव सुनेपछी , माधव कुमार नेपाल र बिष्णु पौडेल नजिकिँदै छ्न, आखिर के थियो त प्रस्ताव ,

कास्की खबर :सत्तारुढ नेकपामा केही दिनयता विवाद मत्थर देखिएको छ । नेताहरू संवाद छाडेर प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहतमा सक्रिय देखिएका छन् । एक साताअघिसम्म अहिले फुट्छ कि भरे फुट्छ भन्ने अवस्थामा पुगेको नेकपामा चिनियाँ राजदूतको सक्रियतापछि खासै विवाद नभएको जस्तो देखिन्छ । तर, पनि नेताहरू मौन बसेका छैनन् ।नेकपामा पहिलेका समीकरणमा परिवर्तन आएको छ । शीर्ष नेता नै कहिले कुन गुट कहिले कुन गुटमा आबद्ध हुन थालेका छन् ।

यस्तो गुट परिवर्तन गर्नेमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, विष्णु पौठेल अग्रपंक्तिमा पर्छन् ।नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको शक्ति खिचातानीले नेताहरू नै गुट परिवर्तन गर्न बाध्य भएका छन् । पछिल्लो समय वामदेव गौतम प्रधानमन्त्री ओली निकट देखिएका छन् । उनी सबैभन्दा धेरै गुट अदलबदल गर्नेमा पर्छन् । कहिले प्रधानमन्त्री ओली नजिक देखिन्छन् । कहिले आफू प्रधानमन्त्रीको कित्तामा नरहेको बताउँछन् ।

यस्तै अवस्था गृहमन्त्री बादलमा पनि देखिएको छ । उनी प्रचण्डकै जोडबलमा गृहमन्त्री बनेका थिए । सुरुमा उनी ओलीको कट्टर विरोधी थिए । फेरि बीचमा ओली निकट र प्रचण्ड विरोध गुटमा लागे । बीचमा उनी ओली विरोधी भए र प्रचण्ड माधव नेपाल पक्षको भेलामा पुगे । अहिले तठस्थ छन् ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि कहिले ओली निकट, कहिले प्रचण्ड निकट देखिँदै आएका छन् ।

पार्टीका महासचिव विष्णु पौडेलको अवस्था पनि त्यस्तै छ । उनी नेकपा गठन हुनुअघिदेखि ओली कित्तामा छन् । तर, प्रचण्ड र माधव नेपालसँग पनि उनको बसउठ निकै छ ।पछिल्लो समय उनले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध विस्तार गरेका छन् । यसबीचमा उनले पटक पटक माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् । केही दिनअघि मात्रै पौडेलले वरिष्ठ नेता माधव नेपालसँग चार घन्टा गोप्य भेटवार्ता गरेको समाचार बाहिरिएको छ । नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा भएको भेटवार्तामा अर्थपूर्ण सहमति भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको सन्देश लिएर पौडेल माधव नेपालसँग चार चार घन्टा छलफलमा बसेको स्रोतले बतायो । पछिल्लो समय नेकपामा ओली र प्रचण्डबीच नेतृत्वमा रस्साकस्सी चले पनि माधव नेपाल त्यसमा सहभागी भएका छैनन् । माधव नेपाललाई आगामी महाधिवेशनमा अध्यक्षमा सहयोग गर्न आफू तयार रहेको र अहिले विवाद नझिक्न ओलीले पौडेलमार्फत सन्देश पठाएको एक नेकपा नेताले बताए ।कास्की खबरबाट

Related Articles

Back to top button
Close