समाचार

सुनको मूल्यमा फेरी बड्यो , अहिलेसम्मकै उच्च मुल्यमा कारोबार हेर्नुहोस

काठमाडौं । नेपालमा आज सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ ।नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो ।

हिजो छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको थियो ।आज तेजावी सुनको मूल्य पनि बढेको छ । हिजो ९१ हजार ७ सय ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Back to top button
Close