समाचार

पहिलोपटक नेपालको प्रधानमन्त्रीले भारतीय राजनिती ह,ल्लाउँदै : मोदिको प्रधानमन्त्री पदमै असर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्ति विवादमा परिरहेको छ । गत सोमबार २०७औं भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या पर्साको ठोरीमा पर्ने व अभिव्यक्ति दिएका थिए । भारतमा भएको अयोध्या नक्कली भएको भन्दै उनले ठोरीकै सक्कली अयोध्या भएको बताए ।

यस अभिव्यक्तिले नेपालमाभन्दा बढी भारतमा बहस भइरहेको छ । अयोध्याबारे भारतमा वर्षाैंदेखि विवाद भइरहेका बेला प्रधानमन्त्री ओलीले सक्कली अयोध्या नेपालमै रहेको बताएपछि हिन्दूस्थान तातेको छ । भारतमा अयोध्या प्रकरणलाई राजनीतिक विषय बनाइएको छ । सत्तारुढ दलका केही नेताहरुले ‘जय श्री राम’ भन्ने गरेका छन् । अयोध्याको विषय भारतको न्यायालयमा समेत पुगेको छ ।

भत्काइएको बाबरी मस्जिदको गुम्बज भएको स्थान नै रामको मन्दिर भएको भन्दै भारतीय सर्वाेच्च अदालतले गत नोभेम्बरमा सो स्थान हिन्दूहरुलाई दिइने फैसला सुनाएको थियो । सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायाल हुँदै सर्वाेच्च अदालतसम्म पुगेको हो ।

गत नोभेम्बरमा सर्वाेच्च अदालतका पाँचजना न्यायाधीशहरूको इजलासले गरेको सर्वसम्मत फैसलामा भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भत्काइएको बाबरी मस्जिदमुनि भेटिएको उल्लेख गरिएको छ ।

यद्यपि, भारतमा अयोध्याको विषयलाई लिएर हिन्दू र मुस्लिम धर्मावलम्बीबीच विवाद रहँदै आएको छ । हिन्दूवादी मानिने भारतीय संस्थापन भाजपाले सोही मुद्दा बोकेर सत्तामा पुगेको टिप्पणी पनि हुने गरेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिले भारतीय समकक्षीको धार्मिक राजनीतिमा दख्खल दिएको विश्लेषण गरिन थालेको छ । भारतसँगको कुनै पनि विवाद कूटनीतिकमार्फत समाधान खोज्न चाहने नेपाललाई भारतीय सरकारले नटेरेको गत नोभेम्बर २ र मे ८ को घटनाले पुष्टि गरेको छ ।

२०७२ जेठ १ गते नेपालको भूमि प्रयोग गर्ने गरी व्यापार सम्झौता गरेका चीन र भारतलाई नेपालले कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो । यसपछि गत नोभेम्बरमा सोही भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको थियो । तत् पश्चात नेपालले बारम्बार वार्ताका लागि पहल गर्दा बेवास्ता गरेको भारतले मे ८ मा सोही क्षेत्र भएर चीनको मानसरोवर जाने बाटोको उद्घाटन गर्‍यो । यी घटनाले ओलीले सरकारले भारतले कूटनीतिक माध्यमलाई लत्यार पेलेर अघि बढ्न खोजेको आन्तरिक विश्लेषण गर्दै सोहीअनुसार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेर जारी गरिएको हो ।

नक्सा जारी गरेपछि रुष्ट रहेको भारतको संस्थापन पक्षले ओली सरकार ढाल्न लागेको स्वयम प्रधानमन्त्री ओलीले बताए । जस कारण मोदीको राजनीतिको केन्द्रविन्दु बनेको अयोध्यामा ओलीले भानुजयन्तीको दिन तीर प्रहार गरेर हिन्दुस्थानको राजनीतिलाई हल्लाएका हुन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नेपालमा अयोध्याबारे खोजिन थालिएको छ । तर, भारतमा अयोध्या कहाँ हो भन्नेमा तात्तातो बहस सृजना गराएको छ । जसको मोदी सरकारले प्रष्ट पार्नुपर्ने चुनौती थपिएको छ ।

Related Articles

Back to top button
Close