समाचार

प्युठानबाट आयो दु:खद खबर ! ७ जनाले गुमाए ज्यान

खलंगा, ४ साउन । प्यूठान जिल्लामा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु २ च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हाे ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए ।

ट्र्याक्टर सडकबाट करीब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

Related Articles

Back to top button
Close