समाचार

प्रचण्ड र ओलि मिलेको चाल पाएपछि माधब नेपालले लिए यस्तो कदम

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जारी विवाद अन्त्य गर्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चाँडो महाधिवेशन गर्ने सहमति बनेको समाचार बाहिरिएपछि माधव नेपाल पक्ष सशंकित बनेको छ । आफूहरुलाई बाइपास गरेर दुई अध्यक्षले मात्र सहमति गरेको हो कि भन्दै नेपाल पक्ष सशंकित बनेको हो ।

विवाद समाधानका लागि मंसिरमा ‘अर्ली’ महाधिवेशन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा सहमति जुटेको समाचार बाहिरिएपछि त्यसलाई प्रतिवाद गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले त्यो सम्भव नहुने स्पष्ट पारेका थिए । नेता नेपालले अध्यक्षद्द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्थापन मात्रै अहिलेको समस्या नभएको भन्दै पार्टी र सरकार सञ्चालन विधि, पद्दति र नेताहरुको समझदारीबाटै हुनुपर्ने बताएका थिए । सचिवालय बैठकपछि आफु निकटका नेताहरुलाई सचिवालय बैठकबारे ब्रिफिङ गर्दै नेपालले कार्यशैलीगत समस्या समाधानका लागि मौखिक सहमतिले मात्रै नहुने भएकाले लिखित र मूर्त प्रस्ताव ल्याउन अध्यक्षद्वयलाई आग्रह गरेको बताएका थिए ।

नेता नेपालको भनाईप्रति सहमति जनाउँदै अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि दुई अध्यक्षको चोचोमोचोले मात्रै नहुने धारणा राखेका थिए । चार घण्टाको छलफलपछि बैठकबारे व्रिफिङ गर्न ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवास गएका थिए । ओली प्रचण्ड २ घण्टा भन्दा बढी शीतलनिवासमा बसेर फर्किएका थिए । यसले पनि सो हल्लालाई थप बल प्रदान गरेको थियो ।

Related Articles

Back to top button
Close