समाचार

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा तनावग्रस्त, भारतीय पक्षको हमलाबाट दुई प्रहरी जवान घाइते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा तनाव भएको छ । भारतसँग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउँपालिकाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा तनाव भएको हो ।

गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति ९ बजेतिर प्रहरी र भारतीय नागरिकको एक समूहबीच विवाद भएको थियो ।

सीमावर्ती भारतीय गाउँबाट घरेलु ह–तिया–रसहित आएको समूहले सशस्त्र प्रहरीमाथि ह’म’ला गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ रा’उ’ण्ड ह–वा–ई फा–यर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सीमास्तम्भ १५२ नजिकै घटना भएको थियो । भारतीय पक्षको ह’म’लाबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।

समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि ह’म’ला गरेको बताइएको छ । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा ह’म’लाका लागि आएको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button
Close