समाचार

भर्खरै भारतले नेपालबारे सबैलाइ जिल्ल पार्ने अभिव्यक्ति

काठमाडौं,साउन ४ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध पहिलाको भन्दा राम्रो रहेको दावी गरेका छन् । नक्सा जारी भएपछिको अवस्थाले दुई देशबीच सम्बन्ध बिग्रिएको चर्चा चलिरहेका बेला विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्ध पहिला भन्दा निक्कै राम्रो रहेको दावी गरेका हुन् ।

भारतीय राष्ट्रिय कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीले सामाजिक सञ्जालमा विदेश नीति र नेपालको विषय उठाएका थिए । उनले सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बिग्रिएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा आएपछि सम्बन्ध बिग्रिएको उनले भिडियोमा बताएका हुन् ।

नेता गान्धीले नेपालको प्रसंगमा भनेका छन्, ‘नेपाल हाम्रो असल छिमेकी राष्ट्र थियो । अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रुद्ध छन् ।’ यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

गान्धीको सोही प्रश्नलाई जवाफ दिदै विदेशमन्त्री शंकरले मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन् । सामाजिक सञ्जाल टिवटरबाटै उत्तर दिदै उनले भनेका छन्, ‘१७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभएको छ । बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस् ।’

विदेशमन्त्री शंकरले पछिल्लो समयको सीमा विवादका विषयमा भने कुनै पनि कुरा उल्लेख गरेका छैनन् । तर, विपक्षी नेता गान्धीले भने विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन् । सन् २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी भएपछि नेपाल–भारत सम्बन्धमा सुरु भएको दरार नेपालले उक्त आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सम्बन्धमा दरार बढ्दै गएको छ ।

Related Articles

Back to top button
Close