समाचार

मेमाेरि किङ विजय शाहीलाई सरकारले २ लाख दिने !

काठमाडौं / जमाना सामाजिक सञ्जाल फेसबुक, युट्युबको छ ।  केहिदिन यता युट्युब र फेसबुकमा मेमोरी किङ विजयी शाहीको लोभलाग्दो चर्चा चलेको छ, पढेको कुरालाई जस्ताको तस्तै लेख्ने र भन्न सक्ने शाहीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारले च्याम्पियन अफ ह्युमन अचिभमन्ट मेमोरी रेकर्ड कायम गर्ने महावै गाउँपालिका–५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार स्वरुप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

फागुन ५ गते बसेको मन्त्रिपरिषद बैठकले शाहीलाई पुरस्कार स्वरुप २ लाख नगद उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिइन् ।

Related Articles

Back to top button
Close