समाचार

बा,ढी र प,हिरोका कारण धादिङमा पृ,थ्वी राजमार्गको पुल भ,त्कियो

५ साउन, काठमाडौं । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अ,वरुद्ध भएको छ ।

चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको छ ।

बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।

अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।

source: Onlinekhabar

Related Articles

Back to top button
Close