समाचार

पहिराेले कार बगायो

धादिङ । गजुरी गाउँपालिकामा पहिरोले कार बगाएको छ । काठमाडौंबाट नारायणघाट जाँदै गरेको बा २० च २०७७ नम्बरको कार गजुरी–५ घाटबेसीमा पहिरोले बगाएको हो ।

कारभित्र भएका ६ जनाको सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ । गाडीमा रहेको एक लाख ५० हजार नगद र ल्याप्टप पनि प्रहरीको मद्दतले निकालिएको छ । बाँकी रहेको एक लाख नगद र ४ वटा मोबाइलसहित कारलाई पहिरोले बगाएर त्रिशुली नदीमा झारेको स्थानीय बिस्मिल्लाह मियाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close