समाचार

अन्ततः भदौ १ बाट सबै उडान सुरु हुने

भदौ १ बाट अन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने निर्णय

५ साउन, विराटनगर । पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए ।
उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

Related Articles

Back to top button
Close