समाचार

तनहुँ बाट थपियो दुखद खबर :

आइतबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै

नवलपरासी, ६ साउन- नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार नारायणी नदीमा आज बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुपमा मानिन्छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नदीको तटीय क्षेत्रमा झन जोखिम बढ्दै गएको हो । दुवै जिल्लाका प्रशासन कार्यालयले तटीय क्षेत्रमा बस्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनगर गर्दै विपत्को बेला आवश्यक पर्ने उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

यता नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक व्यारेजका सबै ढोका यसअगावै खोली सकिएको छ । गण्डक ब्यारेज नजिक नारायणी नदीमा गरिएको पछिल्लो मापनअनुसार चार लाख १६ हजार क्युसेक प्रति सेकेण्ड पानी मापन गरिएको छ । यद्यपि, तीन लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेपछि जोखिम मानिन्छ ।

Related Articles

Back to top button
Close