समाचार

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा

काठमाडौं, ६ साउन ।कोरोना महामारीसंगै लकडाउनको कारण बन्द रहेको सार्वजनिक यातायात आगामी साउन ८ गते देखि सञ्चालन गर्ने यातायात व्यवसायीले घोषणा गरेका छन ।

यस अघि नै सरकारले सुरक्षा विधि अपनाएर यातायात संचालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको छ ।

Related Articles

Back to top button
Close