समाचार

ससुराली जान लागेको मोटरसाइकल दुर्घ,टना भीनाजु को मृ,त्यु साली घा,इते

आज मोटरसाइकल दुर्घटनामा परि एक जनाको निधन भएको छ । काठमाण्डौ देखि नुवाकोट जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार दुइ मध्य एक जना पुरुषको निधन भएको छ भने महिला घाइते भएकी छन् । काठमाण्डौ देखि नुवाकोट आफ्नो ससुराली जान लागेको र बीच बाटोमा दुर्घटना हुँदा भेनाजुको निधन र साली घाइते भएको खुलेको छ ।दैलेख नौमुले गाउँपालिका चौराठा मलु दह निवासी मिलन थापाको घटनास्थलमै निधन भएको हो । बाटोमा जाँदा मोटरसाइकल दुर्घटना भै आफु तल खसेको तर पछाडी बसेकी साली रुखमा अड्किएर बच्न सफल भएकी छन् । दुर्घटना पछि सालीले नै

आफन्तलाई खबर गरेको समाचार प्राप्त भएको छ । घाइते भएकी युवतीको अहिले अस्पतालमा उपचार भैरहेको छ ।मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने थापा प्रहरीमा कार्यकर्त थिए । आफन्तका अनुसार थापा ३ बर्ष देखि प्रहरीमा कार्यरत रहेको आफन्तले जनाएका छन् । दुर्घटना कसरि भयो भन्ने बारे थाहा हुन् सकेको छैन तर घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दै छ । लकडाउनको बेला उनि कसरि काठमाण्डौ देखि नुवाकोट जाँदै थिए भन्ने कुरा थाहा हुन् सकेको छैन ।

लकडाउनको बेला अतिआवस्यक काम बाहेक बाहिर ननिस्किन सरकारले सूचना नै जारि गरेको छ तर पनि यस्ता घटना घटीनै रहेका छन् ।केहि दिन अघि मात्र बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको थियो । ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर निधन भएको हो

Related Articles

Back to top button
Close