समाचार

आफ्नै श्रीमतीको नि,र्मम ह,त्या गरि सब समेत ज,लाएका डीआईजी जे,लमुक्त

८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो ।सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको ह,त्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए ।

सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित ज,न्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।

नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको ह,त्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको ह,त्या गरेर उनले घटना लुकाउन पालुङमा श,व ज,लाएका थिए ।

श,व फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला प,क्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए । source:onlinekhabar.com

Related Articles

Back to top button
Close