समाचार

रञ्जन कोइरालाको पुनरावलोकन र ए’सिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने अधिवक्ता खतिवडाको घोषणा

काठमाडौं, ९ साउन । अधिवक्ता राधिका खतिवडाले रञ्जन कोइरालाको पुनरावलोकन र ए,सिड प्र’हारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा गरेकी छिन। पूर्वडीआईजी कोइरालाको स’जाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको पक्ष र विहिबार ए,सिड प्र’हारबाट पि’डित युवतीको पक्षमा निशुल्क बहस गर्ने घोषणा गरेकी हुन् ।

अधिवक्ता खतिवडाले निशुल्क बहसको घोषणा गर्दै यी दुई मु’द्दाका लागि निशुल्क बहस गर्ने कम्तीमा एक सय जना अधिवक्ताको समूह बनाउने अभियान सुरु गरेकी छिन् । कम्तीमा एक सय जना अधिवक्ताहरुको समूह तयार पार्ने आफ्नो अभियान रहेको उनले बताइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्म कै’दको स’जाय पाएका कोइरालालाई सहुलियत दिएपछि यसको चौतर्फी बिरोध भएको छ ।

आफ्नै श्रीमती गीता ढकालको बि,भत्स ह,त्या गरी स’ब टुक्रा टुक्रा पारी मकवानपुरको जंगलमा ल’गेर फा’ल्ने रंजन कोइराला सर्वोच्चको फै’सला पछि बिहीबार हात हल्लाउँदै बिजयी भावमा जे’लमुक्त भई प्रेमिका सँग घर गएका छन् । जिल्ला अदालत र उच्च अदालतबाट सर्वस्व सहित जन्म कै’दको सं’जाय सुुनाइएका कोइराला साँढे ८ बर्षदेखि थु’नामा थिए । त्यही थुनामा रहेको अवधि ८ बर्ष ६ महिनालाई नै कायम गरी सर्वोच्चले फै’सला गरेपछि जनस्तरबाट ठूलो बि’रोध भएको हो ।

श्रीमतीको बी,भत्स ह,त्या अभियोगमा जे’लमा रहेका रन्जन कोइरालाका बि’रुद्ध महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको पुनरावलोकन मु’द्दामा अधिवक्ता खतिवडाले निःशुल्क बहस गर्ने भएकी हुन। यसैगरी बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्की माथि ए,सिड प्र’हार भएको थियो। अधिवक्ता खतिवडाले यी पि’डितको पक्षमा निशुल्क बहस गर्ने भएकी छिन् ।

Related Articles

Back to top button
Close