समाचार

अस्पतालले भर्ना लिन नमान्दा एम्बुलेन्समै बिरामीको मृ,त्यु

विराटनगर / अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको हो । कोरोनाको शंकास्पद भन्दै चिकित्सकले लिनै नमानेको र लगभग एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु भएकाे बताइएकाे छ । स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार विराटनगर ल्याएका थिए । श्वासप्रश्वासमा समया रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखिसकिएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए । ‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भए पनि बिरामीलाई अस्पतालले लिनै मानेन ।’ नोबेलमा भने पदम एम्बुलेन्सबाट आफै निस्किएर स्ट्रेचरमा बसेको उनको भनाइ छ ।

त्यसपछि उनलाई दिउँसो २ः३० बजे कोसी अस्पताल पु¥याइएकोमा त्यहाँका चिकित्सकले पनि लिन नमानेको उनको भनाइ छ । कोरोनाको शंकास्पद भन्दै कोसीका चिकित्सकले पनि लिनै नमानेको र त्यहाँ पुगेको लगभग एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु तामाङको भनाइ छ । बाटोमा पनि श्वासप्रश्वासमा थप समस्या हुँदै गएकाले पदमलाई अक्सिजन लगाउँदै ल्याइएको उनले बताए । स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए । उनीहरु एम्बुलेन्सभित्रै बेहोस भए पनि लामो समयसम्म कसैले वास्ता गरेन । अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो गरेका छन् । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको चालक तामाङले बताए । अस्पतालमा सकुसल ल्याइपु¥याए पनि चिकित्सकले उपचार गराउन नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु भएकाे आफन्त रोमा गोलेले बताइन् ।

करिब ५ः३० बजेतिर पदमको शव पीपीई लगाएका स्वास्थ्यकर्मी आएर अस्पतालको आइसोलेसनमा लिएर गएका थिए । परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।अस्पताल आइपुग्दा बिरामी एकदमै सिकिस्त र अन्तिम अवस्थामा रहेकाे उनले बताए । कोरोना संक्रमणको आशंका गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदै गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भएकाे उनले जानकारी दिए । मृतकमा कोरोना संक्रमण थियो थिएन भन्ने कुरा स्वाबको रिपोर्ट आइसकेपछि मात्रै भन्न सकिने उनले बताए । दासले स्वाब परीक्षणलाई भने प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।

Related Articles

Back to top button
Close