समाचार

चर्चित गायक सुगम पोखरेललाई पितृ शोक, ८० वर्षको उमेरमा वुवाको निधन

काठमाडौं । चर्चित गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका बुबा एकनाथ पोखरेलको शनिवार निधन भएको छ । उनका बुबाको शनिवार निधन भएको बारे उनका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

गायक सुगमका बुबाको शनिवार राति ८० वर्षको उमेरमा निधन भएको हो । उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ छोरी रहेका छन् ।

नेपाली पप संगीतमा स्थापित नाम हो सुगम पोखरेल । ‘सम्हालिन्छ कहिले मन’, ‘जाँदै छु टाढा’, ‘फेरि त्यो दिन सम्झन चाहन्न,’ ‘कति दिन बिते कति रातहरू’जस्ता चर्चित गीतमा स्वरमा दिएका पोखरेल पछिल्लो समय चलचित्रका पाश्र्व गायनमा व्यस्त छन् ।

नेपाली गीत सङगीतका धरोहर सुगम पोखरेल जस्तो गायक जन्माउने मोरङ्गका एक असल ब्याक्तित्व एक नाथ पोखरेलको शनिबार निधन भएको गीतकार दिपक राज पाठकले सामाजिक संजाल मार्फत पुष्टी गरेका हुन् ।

पारिवारिक स्रोतले भन्यो बुबा ८० वर्षको हुनुहुन्थ्यो, गएराती स्वर्गीय हुनुभयो । आज अन्त्यष्टिको तयारी गरिएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ छोरी छन् । उनका ५ सन्तानहरु नाट्यकर्मी सुनिल पोखरेल, शुशिल पोखरेल, गायक सुगम पोखरेल , सुनिता पौडेल र कविता गुरागाई हुन् ।

Related Articles

Back to top button
Close