समाचार

बाग्लुङबाट दुखद खबर ! कहालीलाग्दो तस्वीर मा हेर्नुहोस

बागलुङ : बागलुङ नगरपालिका-१ खनियाघाटस्थित सामुदायीक वन क्षेत्रमा शनिबार राति गएको भीषण पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरयघाट जाने बाटोको बीचमा शनिबा राति ९ बजे तिर खसेको पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर चालक बानपा -५ मालिकाका धनबहादुर किसान आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

सडकमा बिछ्याउने कच्चा पदार्थ झिक्ने क्रममा अचानक खसेको सुख्खा पहिरोमा टिपर चालक पर्वत बनौ पुख्यौली घर भइ हाल कास्की बस्दै आएका निर्मल पुन समेत पुरिएको आशंका गरिएको छ।

अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयद्धारा खोजी तथा उद्धार कार्य जारी छ। पहिरोमा परी एक स्काभेटर, एक ट्याक्टर र ध १ख ४६३७ नम्बर एक ट्रिपर पुरिएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए। ट्याक्टर र टिपरका चालकको मोबाइलमा फोन गइरहे पनि फोन रिसिभ भएको छैन।

स्काभेटरका चालक सिन्धुपाल्चोक घर भई बानपा- १ रामरेखा बस्ने राजु माझी भने राति नै सम्पर्कमा आएका थिए। उनले पहिरो झरेपछि बल्लबल्ल भागेर ज्यान बचाएको बताएका छन्। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close