समाचार

भर्खरै अदालतले सरिता गिरिको रिटमा गर्यो यस्तो निर्णय ! सरिता गिरी जिल्लराम

काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरपछि नेतृ गिरीले आफूलाई पार्टीले अवैधानिक रुपमा सांसद पदबाट आएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन् ।

उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीको निर्णयविरुद्ध गिरीले असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । असार ३० गते रिटमाथि प्रारम्भिक सुनुवाइ भएको थियो । सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न आज बोलाएको थियो । रातोपाटी बाट

Related Articles

Back to top button
Close