रोचक

अमिताभ बच्चनले पठाए कीर्तिपुरमा उपचाररत मुस्कानलाई भिडिओ सन्देश

ए*सि*ड आ*क्रम*णमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडिओ सन्देश पठाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडिओ सन्देशमा अमिताभले मुस्कानको शीघ्र स्वा*स्थ्यको कामना गर्दै यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन,’ अमिताभले भनेका छन्,‘तिम्रो देशको कानुनले अभि*युक्तहरूलाई प*क्रा*उ गरी सजाय दिनेछ।’

यसअघि बलिउड अभिनेता वरूण धवनले पनि मुस्कानलाई भिडिओ सन्देश पठाएका थिए भने गायक राजु लामा उनलाई भेट्न अस्पतालमै पुगेका थिए।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसि*ड आ*क्रमण भएको थियो। मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले प*क्राउ गरेको थियो।

Related Articles

Close