समाचार

एकैदिन देशभर ६ सय २६ निको भए

काठमाडौं, १२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय २६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ सय २६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १३ हजार ७ सय ५४ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ३७ प्रतिशत हो ।

लकडाउन हटेको दिनदेखिको तुलनात्मक विवरण पेश गर्दै मन्त्रालयले संक्रमितको संख्या खासै नबढेको प्रष्ट पारेको छ । लकडाउन खुकुलो हुँदाको तुलनामा लकडाउन हटाउँदाका आजका दिनसम्ममा केलब ३ दशमलव ३ प्रतिशत मात्र संक्रमित रहेको प्रष्ट पार्दै मन्त्रालयले यो वृद्धि न्यून रहेको बताएको छ ।

Related Articles

Back to top button
Close