समाचार

६ महिना अघि मात्रै साइप्रस गएकी जोशनाको सडक दुर्घटनामा परेर मृत्यु

काठमाडौँ । अध्ययनको सिलसिलामा साइप्रस पुगेकी एक नेपाली विद्यार्थीकबो सवारी दुर्घटनामा परेर ज्यान गएको छ । धादिङको धुनिबेशी –६ धार्के घर भई साइप्रसमा अध्ययनको लागी गएकी २० बर्षिया रेनुका कोइराला (जोशना) को २५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर कोठामा फर्कने क्रममा सवारी दुर्घटनामा परेर ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटनामा परी घाइते अवस्थामा रहेकी कोइरालालाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । घटनाको अनुसन्धान भइरहेको र रेविकालाई ठक्कर दिने मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । रेविकाको शव जनरल अस्पताल निकोसीयामा रहेको छ ।

Related Articles

Back to top button
Close