समाचार

काठमाडौंमै बच्चाहरूले चउरमा खेल्न गएको बेला यस्तो अवस्थामा फेला पारे नबजात बालिका

काठमाडौं । नेपालमा अहिले क्षणिक लाभ लिनेदेखि लिएर कच्चा उमेरमा हुने अवैध सम्बन्धका कारण गर्भ फाल्नेहरुको संख्या बढ्दैछ । समाजको डरका कारण मान्छेहरु विशेष गरेर भर्खरका युवतीहरुले यस्तो खालको समस्या भोग्दै आएका छन् । यो बीचमा सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा देखिएको एक दृश्यले पनि यो खुलासा भएको छ ।

हिजो ‘केयर बाल गृह’ मा बस्ने बालबालिकाहरूले चउरमा साँझ खेल्न गएको बेला केही अनौठो कुरा देखेका थिए । बच्चाहरुले छेउको झाडीमा एउटा बक्सा फालेको देखे ।

जब उक्त बक्सा खोलियो तब भित्र न्यानो कपडाले शरीर पूरै बेरिएको बच्चा थियो । घरमा ओछ्यानमै पल्टिए जसरी बच्चा हाई हाई गरिरहेको देखिन्थ्यो ।

कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी आश्चर्य मान्दै हेर्न थाले । उनीहरूले ती बालिकाको तस्बिर र भिडियोसमेत खिच्न भ्याएका छन् । भिडियोमा उनीहरुले ‘हाम्रो घरमा लगम् न दिदी प्लिज ।

कस्तो क्युट छ हामीलाई मनपर्‍यो । हाम्रो बहिनी बनाउने नि प्लिज !’ त्यतिन्जेल बालिकासँग गएकी निष्मा बोहोराले ‘मामु’लाई खबर गरिसकेकी थिइन् । उनीहरूकी ‘मामु’ पुष्पा अधिकारी हुन् । लामो समयदेखि पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आएकी छिन् ।

फोनपछि पुष्पा पनि चौरमा पुगिन् । उनी पुग्दा ६ बजेको थियो । उनका अनुसार त्यो बच्चालाई दिउँसै ल्याएर छाडेको हुनुपर्छ । उनले कसैले पाल्न नसकेर नै यसरी छाडेको बताउँदै म लगेर पाल्छु भनेर घरमा ल्याएँकी हुन् । उनले बच्ची भेटिएको र आफूले पाल्न लागेको प्रहरीलाई पनि खबर गरिन् ।

घरमा ल्याइसकेपछि उनले ती बालिकाको नाम प्राप्तिका अधिकारी राखेकी छिन् । महानगरीय प्रहरी प्रभाग, कपनले बच्चा कसको हो भन्ने खोजी गर्न थालेको छ । बाल गृहकी सञ्चालक अधिकारीले कुनै परिवारले दाबी गरे उनीहरूसँग भएका कागजात हेरेर बच्चा प्रमाणित भए फिर्ता गरिदिने बताएकी छिन् ।

Related Articles

Back to top button
Close